चिनियाँ समाचारमा बैंगलोरको गर्मीको चर्चा (फोटो फिचर)
गर्मी बढेसँगै भारतमा रहेका भारतीयहरुको जनजीवन प्रभावित हुन थालेको छ । तुलनात्मक रुपमा अत्यधिक गर्मी नहुने दक्षिणको बैंगलोर शहरका बासिन्दाले बैशाख महिनाको आधाआधीमै गर्मी भगाउन अनेक उपाय अपनाएका छन् ।
यस सम्बन्धमा चिनियाँ समाचार समिति सिन्ह्वाले भारतीयले बढेको गर्मीबाट छुटकारा पाउन विभिन्न उपाय अपनाउन थालेको उल्लेख गरेको छ । दक्षिण भारतको बैंगलोर शहरमा पौडी खेलेर गर्मीमा आनन्द लिइरहेका भारतीयको दृश्य क्यामरामा कैद गरेको छ ।
भारतको राजधानी नयाँ दिल्लीलगायत विभिन्न १० वटा शहरमा प्रायः अत्यधिक गर्मी हुने गर्छ । दोस्रो नम्बरमा राजस्थानको चुरु, पाकिस्तानी सीमानामा रहेको श्री गंगानगर र बिलासपुर पनि अत्यधिक गर्मी हुने शहरमा पर्छन् ।
त्यसैगरी राजस्थानको फलोदी, महाराष्ट्रको नागपुर, उत्तर प्रदेशको बान्दा, आन्ध्र प्रदेशका विजयवाडा, उत्तर प्रदेशको झाँसी र टिट्लागढ पनि धेरै गर्मी हुने भारतीय शहर हुन् ।
टिप्पणीहरू