नेपाली सेनाविरुद्ध राष्ट्रसंघमा उजुरी

नेपाली सेनाविरुद्ध राष्ट्रसंघमा उजुरी

विश्वको कुनै पनि मुलुकका सेनालाई अनुशासन, मर्यादा र आचरणले भरिपूर्ण संस्थाको रूपमा लिइन्छ । तर, केही खराब कर्मचारीका कारण सेनाको छवि धुमिल बनेका कैयौं उदाहरण छन् । फर्जी र कीर्ते कागजात मात्र नभई कतिपय मुलुकका सेना यौनकाण्डको दलदलमा पनि फसेको पाइन्छ । 

काभ्रेपलाञ्चोकको पाँचखालस्थित वीरेन्द्र शान्तिकार्य तालिम केन्द्रमा कार्यरत अमल्दार रामकुमार मिजार र पूर्वीपृतनामा छँदा हुद्दा महिला कर्मचारी शर्मिला दुलालको हर्कतले सीमा नाघेपछि ललितपुरको पुल्चोकस्थित संयुक्त राष्ट्रसंघीय कार्यालयमा उजुरी परेको छ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका– ४ की हुक शर्मिला र काभ्रेपलाञ्चोकको पनौती नगरपालिका ५ बस्ने अमल्दार मिजारविरुद्ध २०७९ साउन १६ गते अख्तियारमा पुनः उजुरी परेको थियो । उनीहरूले सवारी चालक अनुमति पत्र बनाउँदा कीर्ते गरेको बताइन्छ । 

यता, यातायात व्यवस्था कार्यालय, एकान्तकुनाबाट दुवै जनाको लाइसेन्स जारी भएको तर नवीकरण नभएको नम्बरबाट निकालिएको स्रोतको दाबी छ । सञ्जीवराज पाण्डे र जीतबहादुर शाहीको नामबाट जारी भएका लाइसेन्सलाई कीर्ते गरेका हुन् । कीर्ते लाइसेन्स बोकेका कतिपय सैनिक चालकहरू फटाफट मिशनमा पुगेका छन् । नम्बर ९ बाहिनी अड्डा, पश्चिम पृतना हेडक्वार्टरमा हुँदा शर्मिलामाथि अरु ‘गम्भीर’ आरोप लागेको थियो । त्यतिबेला कतिपय पुरुष सैनिकले मोबाइलमा भिडियो पाएपछि पैसो बुझाएको भन्दै हल्ला गरेका थिए । यता, अमल्दार मिजारमाथि भने ‘युनाइटेड नेशन मिसन’ मा जान लागेकी एक महिला सैनिकलाई ललाईफकाई विशेष सम्बन्ध राखेको आरोप लागेको बताइन्छ । उनले राम्रोसँग बिदा मिलाइदिने नाममा धुलिखेल गेष्ट हाउस पुगेर सँगै ‘मिल्क कफी’ खाएका थिए ।

त्यसपछि उनी रातारात उक्त समाचार सामसुम पार्न एक लाख रूपैयाँ दिएर पाँचखाल रमाना भएको भन्नेहरू पनि छन् । मिजारमाथि क्यान्टिनका लागि बनेपाबाट सामान लैजाँदा बिलमा रकम बढी लेख्ने गरेको आरोप पनि छ । अहिले उनैलाई मिसनमा जानेलाई तालिम दिने फाँटमा राखेर उपहार दिएपछि इमान्दारहरूले अन्तर्राष्ट्रिय संस्थासमक्ष हारगुहार गरेका हुन् । सेनाको छविमै दाग लगाएको व्यक्तिलाई तालिम केन्द्रमा लगिएकोमा उनीहरूले प्रश्न उठाएका छन् । 

–  पीडितहरु
 

टिप्पणीहरू