निशालाई सचेतक बनाएपछि घन्टीका सांसदको रोष : यो जान्नेलाई होइन, नजान्नेलाई छान्ने पार्टी रहेछ !

निशालाई सचेतक बनाएपछि घन्टीका सांसदको रोष : यो जान्नेलाई होइन, नजान्नेलाई छान्ने पार्टी रहेछ !

राष्ट्रिय स्वतन्त्र पार्टीको सचेतकमा सबैभन्दा कान्छी सांसद निशा डाँगी नियुक्त भएकी छन् । डाँगीले सचेतकको जिम्मेवारी पाएसँगै रास्वपाभित्रको गुटीय विवाद फेरि सहतमा आएको छ । 

महामन्त्री मुकुल ढकालको जोडबलमा सांसद डाँगीलाई सचेतक बनाइएको भन्दै अन्य महिला सांसदहरूले आपत्ति जनाएको बताइन्छ । 

‘अर्काले लेखेर दिएको कुरासमेत डराउँदै बोल्ने मान्छेलाई आज पार्टीले सचेतक बनाएको सुन्दा रमाइलो लाग्यो,’ रास्वपाकी एक सांसदले भनिन् । उनी महामन्त्री ढकालको जोडबलमा समानुपातिक सूचीको शीर्षस्थानमा परेपछि सांसद भएकी हुन् । 

रास्वपानिकट स्रोतका अनुसार पार्टीका महिला सांसदहरूले डाँगीलाई महामन्त्रीले दलको कार्यालयदेखि संसद भवनसम्म अरुलाई भन्दा बढी महत्व दिँदै हिँडेको उल्लेख गर्दै चित्त दुखाएका छन् । 

‘कहिलेकाहीँ लाग्छ यो कस्तो पार्टी हो, जान्नेलाई छान्ने भनिन्छ तर सबैभन्दा कम जान्नेलाई छानिरहेका छौँ,’ रास्वपाकी अर्की एक सांसदले भनिन् । राष्ट्रिय स्वतन्त्र पार्टीलाई महामन्त्री ढकालले निजी कम्पनीझैँ चलाइरहेको उनीहरूको गुनासो छ ।

टिप्पणीहरू