बाजुरामा ४.१ रेक्टरस्केलको भूकम्प
बाजुरामा आज फेरि भूकम्प गएको छ ।
दिउँसो १ बजेर १७ मीनेटको समयमा भूकम्पनको धक्का महसुस गरिएको बताइएको छ । दिउँसो बिछिया केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले बताएको छ ।
बाजुराको दहकोटमा यसअघि शनिबार पनि तीन पटक स साना भूकम्प गएको थियो ।
टिप्पणीहरू