अघिल्ला राष्ट्रपतिले रोकेको अध्यादेश अहिलेकाद्वारा जारी हुने तयारी

अघिल्ला राष्ट्रपतिले रोकेको अध्यादेश अहिलेकाद्वारा जारी हुने तयारी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्न शीतल निवास पुग्नुभएको छ । भेटमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले थन्काउनुभएको नागरिकता विधेयक अघि बढाउन राष्ट्रपति पौडेललाई आग्रह गरिएको बताइएको छ ।

बिहान राष्ट्रपति पौडेललाई भेटेर उहाँले अघिल्लो संसदबाट पारित तर राष्ट्रपति कार्यालयमा रोकिएको नागरिकतासम्बन्धी विधेयक अनुमोदन गर्न आग्रह गर्नुभएको हो । हिजो अपरान्ह बालुवाटारमा भएको सत्ता गठबन्धनका शीर्ष नेताहरुले बैठकमा सहभागी कानुनविद्हरुसँग नागरिकता विधेयकबारे सुझाव मागेका थिए ।

कानुन व्यवसायीहरुले रोकिएको नागरिकता विधेयक राष्ट्रपतिले अघि बढाउन सक्ने सुझाव दिएका थिए । प्रधानमन्त्रीको उक्त आग्रहपछि राष्ट्रपति पौडेलले आज दिउँसो १ बजे सोही विषयमा छलफल गर्न कानुनविद्हरुलाई बोलाउनुभएको छ ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण नगरी  नागरिकता विधेयक रोक्नुभएको थियो ।

टिप्पणीहरू