उर्जाका सचिव र प्राधिकरणका प्रमुख संगसंगै दक्षिणतिर
नेपाल विद्धुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ दिल्ली उडेका छन् ।
उर्जा मन्त्रालयका सचिव दिनेश कुमार घिमिरेसँगै उनी आज बिहान नेपाल एयरलाइन्सको उडानबाट दिल्ली प्रस्थान गरेका हुन् ।
नेपाल एयरको उडान नम्बर आरए २०५ बाट घिमिरेको नेतृत्वमा पाँच सदस्यीय टोली बिहान ११ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट दिल्लीका लागि निस्किएको बताइएको छ ।
टिप्पणीहरू