मोतीमायाको हत्यामा श्रीमान निङ्मा संलग्न

मोतीमायाको हत्यामा श्रीमान निङ्मा संलग्न

श्रीमतीको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीले काठमाडौँको टोखा नगरपालिका–८ का ५५ वर्षीय निङ्मा शेर्पा श्रीमती ५० वर्षीया मोतीमाया पौडेलको हत्या आरोपमा समातेको हो ।

शेर्पाले मादक पदार्थ सेवन गरेर गएराति मोतीमायामाथि कुटपिट गर्दा उनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ । 

प्रहरी वृत्त महाराजंगञ्जबाट खटिएको टोलीले गएराति नै उनलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

टिप्पणीहरू