रमाना लिएका कर्मचारीहरुको विवरण खोज्दै प्रशासन मन्त्रालय
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रमाना लिएका निजामती कर्मचारीहरुको विवरण पठाउन निर्देशन दिएको छ ।
सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, प्रदेश र स्थानीय तहलाई पत्राचार गर्दै मन्त्रालयले आगामी जेठ ७ गतेभित्र रमाना दिए–लिएको कर्मचारीहरुको विवरण पठाउन निर्देशन दिएको हो ।
सरुवा, पदस्थापन, कामकाज, काजमा खटाइएका र काज फिर्ता गरिएका संघीय निजामती कर्मचारीहरुले रमाना लिएको विवरण मन्त्रालयको इमेलमार्फत पठाउनुपर्ने बताइएको छ ।
‘मन्त्रालय, आयोग, सचिवालय, प्रदेश वा अन्तर्गतका कार्यालयहरु र स्थानीय तहहरुमा सरुवा–पदस्थापन–कामकाज–काजमा खटाइएको र काज फिर्ता गरिएका संघीय निजामती कर्मचारीहरुको रमाना दिए–लिएको विवरण तपसिलबमोजिमको ढाँचामा मिति २०८०–२–७ भित्र उपलब्ध गराईदिनुहुन अनुरोध छ’, पत्रमा उल्लेख छ ।
मन्त्रालयले गत वैशाख २७ गते आफ्ना मातहतका सम्पूर्ण कार्यालयलाई परिपत्र गर्दै खटाएको ठाउँमा नजाने कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिएको थियो । रमाना नलिएका कर्मचारीलाई कारबाही गर्नका निम्ति मन्त्रालयले विवरण माग गरेको हो ।
टिप्पणीहरू