सीमा समस्याबारे प्रधानमन्त्रीको प्रष्टोक्ति - 'आफ्नो एक इन्च जमिन नछाड्ने र छिमेकीको पनि एकइन्च नलिने' मान्यताका आधारमा पहल हुन्छ
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतसँगको सीमा विवाद अन्त्यका लागि कूटनीतिक पहल गर्ने बताउनुभएको छ ।
आज बसेको प्रतिनिधिसभा बैठकमा एमाले सांसद रघु पन्तले प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा लिम्पियाधुरा-लिपुलेक-कालापानीलगायत अन्य ठाउँमा रहेको सीमा समस्या समाधानको प्रयास हुन्छ कि हुँदैन ? भनि सोधेको प्रश्नको जवाफमा उहाँले त्यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्रीले 'आफ्नो एक इन्च जमिन नछाड्ने र छिमेकीको पनि एकइन्च नलिने' मान्यताका आधारमा सीमा समस्या समाधान गर्न प्रयास गरिने प्रतिवद्धता पनि जनाउनुभयो । सांसद पन्तलाई विश्वास दिलाउँदै उहाँले आफ्नो भारत भ्रमणमा राष्ट्र हितविपरीतका कुनै सम्झौता नहुने समेत प्रष्ट पार्नुभयो ।
प्रबुद्ध समूह (ईपीजी) प्रतिवेदन बुझ्ने र बुझाउने विषयमा पनि भारत भ्रमणमा छलफल हुने प्रधानमन्त्रीको भनाई छ ।
टिप्पणीहरू