रातो मच्छिन्द्रनाथको रथ तान्ने साइतबारे कीर्तिपुरबासीलाई जानकारी

रातो मच्छिन्द्रनाथको रथ आगामी सोमबार ललितपुरको थटी टोलबाट जावलाखेलसम्म तान्ने साइत जुरेको छ ।
कीर्तिपुर नगरपालिकाले जेठ ८ गते सोमबार ललितपुरको थटी टोलबाट जावलाखेलसम्म रातो मच्छिन्द्रनाथको रथ तान्ने साइत जुरेको स्थानीयलाई जानकारी दिएको छ ।
‘रातो मच्छिन्द्रनाथ तथा मीननाथको रथ यात्राको क्रममा २०८० साल जेठ ८ गते सोमबारका दिन थटी टोलबाट जावलाखेलसम्मको रथ तान्ने शुभ साइत जुरेको जानकारी सम्पूर्णमा अनुरोध छ,’ नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।
रथ जावलाखेल पुगेको चार दिनपछि रातो मच्छिन्द्रनाथको भोटो देखाइन्छ ।
टिप्पणीहरू