अरुलाई सराप्ने रास्वपाका साँसद पनि बैठकमा बस्दैनन्

अरुलाई सराप्ने रास्वपाका साँसद पनि बैठकमा बस्दैनन्

प्रतिनिधिसभाको बैठक चलिरहेको छ,हल लगभग शून्यजस्तै छ। कतिपय सांसद बोलिरहेका छन्,तर सुनिदिने ‘माननीयज्यू’ छैनन्।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकको अन्त्यसम्म सदनमा थोरै सांसदहरू बसे । संख्यामा भन्नुपर्दा १४ देखि २२ जना, निस्किने–भित्रिने क्रम जारी थियो । अरु त अरु,‘हरेक वाक्यमा आफूलाई नयाँ–नयाँ’ बताउने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूसमेत सदनमा भेटिँदैनन् । उनीहरू आफ्नो पालोमा बोल्छन् अनि निस्किन्छन् ।

"सत्ता राजनीति किन बिग्रियाे? ‘बोली र व्यवहार’मा सामञ्जस्यता नमिल्दा । नयाँ भन्नुकाे अर्थ नमूना हाे, सुधार र आमूल परिवर्तन देखाउने प्रतिबध्दतासमेत हाे । तर रास्वपाका सांसदहरू सामाजिक सञ्जालमा एकथरी लेख्छन्,सदनमा समाचार पढेर समय खेर फाल्छन्, प्रतिनिधिसभाकाे बैठकमा समेत पूरै बस्दैनन् ।"

नीति तथा कार्यक्रममाथि बहस भइरहँदा परम्परागत दलका सांसदहरू भन्दा भिन्न देखिएनन्, रास्वपा सांसद । अघिल्ला–अघिल्ला ‘संसद बैठकमा अन्य दलका माननीयहरू खै..! सांसदहरूको उपस्थिति कमजोर भयो’ भन्दै चिच्याउने रास्वपाकै सांसदहरू हिजोआज आफैं हराइरहेका छन् ।

सत्ता राजनीति किन बिग्रियाे? ‘बोली र व्यवहार’मा सामञ्जस्यता नमिल्दा । नयाँ भन्नुकाे अर्थ नमूना हाे, सुधार र आमूल परिवर्तन देखाउने प्रतिबध्दतासमेत हाे । तर रास्वपाका सांसदहरू सामाजिक सञ्जालमा एकथरी लेख्छन्,सदनमा समाचार पढेर समय खेर फाल्छन्, प्रतिनिधिसभाकाे बैठकमा समेत पूरै बस्दैनन् ।

हिजाे प्रतिनिधिसभा बैठकको अन्त्यसम्म रास्वपाका ६ सासदहरू फेसबुक चलाउँदै बसिरहेका थिए । सदनमा महत्वपूर्ण विषयमा बहस भइरहेका बेला रास्वपाले देखाइरहेको रवैयाप्रति नयाँपुस्ता सन्तुष्ट छैन । पात्र फेरिँदैमा परिवर्तन हुँदैन । नीति र नियती पनि फेरियाेस् भन्छन् मतदाता ।

 

टिप्पणीहरू