काँग्रेसमा महतको जिम्मा विश्वकर्मालाई

काँग्रेसमा महतको जिम्मा विश्वकर्मालाई

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागको प्रमुखमा केन्द्रीय सदस्य मीन विश्वकर्मालाई मनोनयन गर्नुभएको छ । 

पार्टी प्रवक्ता डा. प्रकाशशरण महत अर्थमन्त्री बनेपछि यसअघि उनले सम्हाल्दै आएको उक्त जिम्मेवारी देउवाले विश्वाकर्मालाई दिनुभएको हो । 

काङ्ग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टीको विधान २०१७ (संशोधनसहित) को धारा २५ (९) र धारा ३७ (१) (ग)ंअनुसार विश्वकर्मालाई प्रचार विभाग प्रमुखमा मनोनयन गरिएको हो ।

टिप्पणीहरू