संसदको संयुक्त नियमावली पारित, सुनुवाइ समितिमा रहनेहरुको नाम अनुमोदन
प्रतिनिधिसभाअन्तर्गतको संसदीय सुनुवाइ समिति गठन गरिएको छ ।
आज बसेको बैठकले प्रस्ताव गरिएका समिति सदस्यहरुको नामलाई बहुमतले सहमति जनाएको हो ।
समितिको सदस्यमा ईश्वरी घर्ती, ईश्वरीदेवी न्यौपाने, जनार्दन शर्मा, जीवन परियार, डोलप्रसाद अर्याल, पदम गिरी, पशुपतिशमशेर जबरा, प्रकाश अधिकारी, महेशकुमार बर्ताैला, रमेश लेखक, लिलानाथ श्रेष्ठ र ज्ञानेन्द्रबहादुर कार्की रहेका छन् । उनीहरुको नामलाई प्रतिनिधिसभाले बहुमतसहित सहमति जनाएको सभामुख देवराज घिमिरेले जानकारी दिनुभयो ।
आजैको बैठकले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली पनि पारित गरेको छ ।
पारित नियमावलीले यसअघिकै संसदीय सुनुवाइ समितिले सुनुवाइका लागि पत्र प्राप्त भएको ४५ दिनभित्र संसदीय सुनुवाइ गरिसक्नुपर्ने नियमलाई यथावत राखेको छ । यसलाई संशोधन गरिनुपर्ने आवाज भने उठेको थियो ।
तर, ४५ दिनभित्र संसदीय सुनुवाइ हुन नसके नियुक्ति पाउन सक्ने प्रावधानलाई नियमावलीमा निरन्तरता दिइएको छ ।
टिप्पणीहरू