प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया थालिनै लाग्यो

प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया थालिनै लाग्यो

कायममुकायम हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्तिको प्रक्रिया आजबाट शुभारम्भ हुने भएको छ । यसअघि तय हुन नसकेको संसदीय सुनुवाई समितिको गठनपछि उक्त प्रक्रियानिम्ति बाटो खुलेको हो ।

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने सम्बन्धमा संसदीय सुुनुवाई समितिले सम्भवतः आज सूचना प्रकाशित गर्ने सम्भावना छ । प्रस्तावित उम्मेदवार कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सम्बन्धमा उजुरी दिन चाहनेलाई एक हप्ताको समय दिएपछि बढीमा १० दिनभित्र संसदीय सुनुवाई प्रक्रिया टुंग्याएर नियुक्तिको लागि सिफारिस गर्ने मोटामोटी सहमति छ। 

ढिलोमा जेठ महिनाभित्र नवनियुक्त प्रधानन्यायाधीशले शपथ गर्ने स्रोतले बतायो । कामु प्रधान न्यायाधीशले शपथ खुवाएर देशको सर्वोच्च पद रास्ट्रपतिको जिम्मेवारी शुरु हुने तर कामु भने कन्फर्म नहुँदा हात खुट्टा बाँधिएर बस्नुपर्ने विडम्बनापूर्ण परिस्थिति बिध्यमान छ ।

टिप्पणीहरू