कायममुकायम प्रधानन्यायाधीशविरुद्ध उजुरी आह्वान

कायममुकायम प्रधानन्यायाधीशविरुद्ध उजुरी आह्वान

प्रधानन्यायाधीश नियुक्तिको लागि संवैधानिक परिषद्को बैठकबाट सिफारिस हुनुभएका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी आह्वानको सूचना जारी हुने भएको छ । उहाँविरुद्ध आगामी १० दिनभित्र उजुरी दिन सकिने बताइएको छ ।

आज बसेको संसदीय सुनुवाई समिति बैठकले कार्कीविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो । सरकारी सञ्चारमाध्यमबाट सूचना प्रकाशित भएपछि उहाँविरुद्ध पत्र वा इमेलमार्फत् उजुरी दिन सकिने जानकारी दिइएको छ । 

समितिका जेष्ठ सदस्य पशुपति समशेर जंगबहादुर राणाको अध्यक्षतामा बसेको बैठकले कायममुकाय प्रधानन्यायाधीश कार्कीको व्यक्तिगत विवरणसमेत सबै सदस्यहरूलाई वितरण गर्ने निर्णय गरेको छ ।

संवैधानिक परिषद्को बैठकले गत वैशाख २५ गते कार्कीलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।
 

टिप्पणीहरू