चिनियाँ प्रतिनिधिमण्डलको काठमाडौं आगमन

चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव काठमाडौं आइपुगेका छन् । सचिव वाङ सियाओहुईको नेतृत्वमा आएको उच्चस्तरीय प्रतिनिधिमण्डल राति पौने १० बजे आएको बताइएको छ ।
१४ सदस्यीय प्रतिनिधिमण्डल सिंगापुर एअरको उडान नम्बर एसक्यु ४४२ मा काठमाडौं आएका हुन् ।
टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत सरकारी अधिकारीहरुसँग भेट गर्ने कार्यक्रम छ । नेपाली व्यवसायीहरु र निजी क्षेत्रका प्रतिनिधिसँग पनि प्रतिनिधिमण्डलले भेट्ने बुझिएको छ ।
टिप्पणीहरू