भारत भ्रमणममा अपमान गरियो भन्ने सत्य होइन : प्रधानमन्त्री

भारत भ्रमणममा अपमान गरियो भन्ने सत्य होइन : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले हालै गरेको भारत भ्रमणमा अपमानित महसुस नगरेको बताउनुभएको छ । 

आज बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो । अधिकांश प्रधानमन्त्रीलाई स्वागतका लागि भारतका राज्यमन्त्री, सचिव आउने गरेको जानकारी दिँदै उहाँले आफूलाई पनि सोहीअनुसार नै राज्यमन्त्रीले स्वागत गरेको उल्लेख गर्नुभयो । 

बरु इन्दौर र उज्जैनमा भने भव्यरुपमा स्वागत गरिएको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले आफू र आफ्नो टोलीले भारत भ्रमणभर अपमानित महसुस नगरेको बताउनुभयो ।

टिप्पणीहरू