माधव नेपाल १३ दिनपछि आज स्वदेश फर्कंदै

माधव नेपाल १३ दिनपछि आज स्वदेश फर्कंदै

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल न्युजिल्याण्ड र अष्ट्रेलिया भ्रमणपछि स्वदेश फर्कन लाग्नुभएको छ । उहाँ न्युजिल्याण्डमा आयोजित ‘एभरेष्ट डे’ मा सहभागी हुन जेठ १२ गते त्यसतर्फ जानुभएको थियो ।

न्युजिल्याण्डपछि अष्ट्रेलिया पुग्नुभयो । एकीकृत समाजवादीले पार्टीको प्रवासी नेपाली एकता मञ्च र नेपाली समुदायले आयोजना गरेका कार्यक्रममा सहभागी हुन उहाँ  त्यता जानुभएको बताएको छ । श्रीमतीसहित विदेश प्रस्थान गर्नुभएका अध्यक्ष नेपाल आज मध्यान्ह १२ बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ ।

अध्यक्ष नेपालका बहिनी ज्वाईं कैलाश पोखरेल गत वर्षदेखि अष्ट्रेलियामा राजदूत छन् । पोखरेल सबैभन्दा पहिले उद्योग मन्त्रालय र लामो समय अर्थ मन्त्रालयमा काम गरेका अवकाशप्राप्त कर्मचारी हुन् ।

टिप्पणीहरू