डा. आरजूका कारण बनेपामा बाँदर र दुम्सी आतंक बढेको गोकुल बाँस्कोटाको आरोप
नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले काँग्रेस सभापति शेरबहादुर देउवाकी श्रीमती तथा काँग्रेस नेतृ एवम् सांसद डा. आरजू राणा देउवाको कारण बनेपा क्षेत्रमा बाँदर र दुम्सीको आतंक मच्चिएको बताएका छन् । उनले आजको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उक्त धारणा राखेका हुन् ।
उनले भने, ‘युलेन्स स्कूलले झण्डै सात सय रोपनी जग्गा लिएर अहिले बाँदर र दुम्सीको ठाउँ बनाइदिएको छ । स्कूल बनाएन । बनेपाको नाला क्षेत्रका किसानहरु अहिले त्यसबाट पीडित छन् ।’
युलेन्स स्कूल डा. राणाको मुख्य लगानीमा खोलिएको महँगो विद्यालय हो । खुमलटारस्थित यो स्कूलको शाखा अहिले महाराजगञ्जको बाँसबारीमा पनि सञ्चालित छ । सात सय रोपनी पाखो किनेर आवासीय विद्यालय खोल्न बनेपामा युलेन्सले यसअघि जग्गा किनेको थियो । तर उक्त जग्गालाई स्कूलले ‘आउटडोर लर्निङ सेन्टर’ बनाएको बताइन्छ ।
टिप्पणीहरू