असारदेखि सडक खन्नेलाई कारबाही गरिने

असारदेखि सडक खन्नेलाई कारबाही गरिने

सरकारले असार १ गतेदेखि सडक खन्न रोक लगाएको छ । सडक विभागअन्तर्गत संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौंले असार १ गतेदेखि आगामी भदौ मसान्तसम्म सडक खन्न प्रतिबन्ध लगाएको जानकारी दिएको छ । 

कार्यालयले वर्षायाममा सडक खन्न स्वीकृति नदिइने स्पष्ट पारेको छ । वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मतसम्भार गरी यथास्थितिमा ल्याउन सम्भव नहुने र सडक थप बिग्रिँदै जाने कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

‘वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मतसम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रिँदै जाने भएकाले यही २०८० साल असार १ गतेदेखि २०८० भाद्र मसान्तसम्म यस कार्यालयअन्तर्गतका सडक डिभिजनहरु मातहत रहेका कुनै पनि सडक खन्न स्वीकृति नदिइने’, सूचनामा भनिएको छ । 

कसैले जबरजस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन, २०३१ अनुसार कडा कारबाही गरिने चेतावनी पनि दिइएको छ ।

टिप्पणीहरू