पौने छ लाख भोट ल्याएका राजेन्द्र लिङ्ग्देनले भने - ७० प्रतिशत मान्छे हाम्रो पक्षमा छन्
संघीयताको विरोधमा रहेको पूर्वपञ्चहरुको पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले देशका ७० प्रतिशत मान्छे आफ्नो पक्षमा भएको दावी गरेका छन् ।
आज पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै उनले संघीयताबारे जनमतसंग्रह गरे आफूहरुले ७० प्रतिशत भोट पाउने दावी गरेका हुन् । अहिलेको मौजुदा व्यवस्थाले देशको हित नगर्ने बताउँदै आएको राप्रपाका मुख्य नेता लिङ्गदेनले जनता आफ्नो पक्षमा भएपनि भोट भने त्यसअनुसार नआएको बताए ।
उनले भने, ‘अहिले पनि देशभर हाम्रो समर्थक हुनुहुन्छ। संघीयता चाहिँदैन । प्रदेश खारेज गर्नुपर्छ । यो व्यवस्थाले देशलाई फाइदा गर्दैन भन्नेमा ठूलो जनमत छ । जनमतसंग्रह गर्ने हो भने ७० प्रतिशत मान्छे हाम्रो पक्षमा छन् । तर, यो मुद्दा बोक्ने पार्टीलाई सोचे जस्तो मत आएको छैन । यसबारे हामीले गम्भीर समीक्षा गर्नुपर्छ ।’
राप्रपाले गत मंसिरको आमनिर्वाचनमा कूल मतको जम्मा पाँच प्रतिशत मात्रै पाएको थियो । समानुपातिकतर्फ पाँच लाख ८८ हजार भोट पाएको राप्रपासँग प्रतिनिधिसभामा १४ सांसद छन् ।
टिप्पणीहरू