जनताले एलिजा र बिशालवारे के जान्ने ?

जनताले एलिजा र बिशालवारे के जान्ने ?

पत्रकार ऋषि धमला ‘जनता जान्न चाहन्छन्’ टेलिभिजन कार्यक्रमको पर्यायवाची हुन् । उनी अतिथिलाई स्टुडियोमा बोलाएर कहिलेकाँही हुर्मत लिन्छन् । हालै एमाले नेता डा. भीम रावलसँगको अन्तर्वार्तामा धमलाले एकोहोरो बोलेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । 

उनै धमलाको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमको थेगोलाई श्रीमती एलिजा गौतमले साथी विशाल गुरुङसँग चियर्स गर्दै उडाएकी छन् । गुरुङको टिकटकमा धमलालाई उडाउँदै ‘हामीचाहिँ एक अर्कालाई सहि तरिकाले चाहन्छौं’ भनी वाइन चियर्स गरेको देखाइएको छ ।

विशालले लेखेका छन्, ‘जनताले के जान्न चाहन्छन् त्यो थाहा भएन । हामीचाहिँ एक अर्कालाई सहि तरिकाले चाहन्छौं ।’ निकै अर्थपूर्ण स्टाटस, स्टाटससँग मेल खाने फोटो र भिडियोका कारण एलिजा गौतम र विशाल गुरुङ एकाएक चर्चामा आएका छन् । 

तर, एलिजाले उक्त फोटो र भिडियोलाई अन्यथा नलिन बताएकी छन् । नाताले दाजु र बहिनी रहेका व्यक्तिसँगको फोटो र भिडियोलाई सोही ढंगले लिनुपर्ने गौतमको भनाई छ । ‘सामाजिक सञ्जालमा हालिएको फोटो र भिडियोलाई हाम्रो समाजमा गलत ढंगले लिने गरेका छन् । तर, योलगायत मसँग सम्बन्धित अन्य कुनैपनि फोटो र भिडियोबारे गलत नबुझ्न अनुरोध छ,’ उनले भनिन् ।

टिप्पणीहरू