काभ्रेपलाञ्चोकको चौरीदेउरालीमा हर्क साम्पाङको खोजी

काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिकामा खानेपानीको हाहाकार छ । खानेपानीको चर्को अभावमा स्थानीयले सास्ती खेपिरहेका छन् ।

विशेषगरी पालिकाको गोठपानी चौरीमा खानेपानीको चरम अभाव देखिएको छ । ‘विगत केही वर्षदेखि पानीको समस्या भोग्नुपरेको छ । पिउनको लागि वर्षातपछि कुवाको पानी प्रयोग गर्छौं । खडेरी लगेपछि त्यही पनि सुकिहाल्यो,’ स्थानीय सरल गौतमले भने ।

कतिपय स्थानीयले भने पालिका प्रमुखलाई हर्क सम्पाङ्सँग तुलना गर्दै प्रश्न समेत गर्न थालेका छन् । उनीहरुले समाजिक सञ्जाललमा लेखेका छन्, ‘धरानका प्रमुख हर्कज्यूले आफैं खटेर  ९८ दिनमा खानेपानी धारामा ल्याउनुभयो । काभ्रे चौरीदेउराली गाउँपालिका प्रमुख रेणुकाज्यू के गर्दै हुनुहुन्छ ? चौरीदेउरालीका जनताले कहिले पानी खान पाउने छ्न ?’

स्थानीयले आफूहरुले खानेपानीबारे जति गुनासो गरेपनि पालिका प्रमुखबाट सुनुवाइ नभएको गुनासो गर्दै आएका छन् । चुनावताका खानेपानी अभावको समस्या समधान गर्छु भनेपनि जितेपछि बेवास्ता गरिएको स्थानीयको आरोप छ ।

‘धरानका प्रमुखले दिनरात खटेर जनतालाई पानी खुवाए, हाम्रा प्रमुखले कुरा समेत सुन्दैनन्, अब कसलाई गुनासो गर्ने ?’ स्थानीय कमलप्रसाद पहरीको गुनासो छ ।

चुनावताकाको उक्त आश्वासनलाई झुठो भन्दै उनीहरुले कार्यान्वयनको पर्खाइमा रहेको आशा व्यक्त गरेका छन् । तर, खडेरीसँगै पालिकामा खानेपानीको समस्या झन् बढेको छ ।

 

टिप्पणीहरू