सिन्धुपाल्चोकमा पनि पहिरो, सडक अवरुद्ध
टाढाबाट हेर्दा सामान्यझैँ लाग्ने सिन्धुपाल्चोक, मेलम्ची बजार पारीको अँधेरीको रामपुरमा पहिरो खसेको छ । सोही पहिरोको कारण तिपेनी, भोताङ, पाँचपोखरीतर्फ जाने सडक अवरुद्ध भएको बताइन्छ ।
स्थानीयका अनुसार उक्त ठाउँमा हरेक वर्ष पहिरो जाने गरेको छ । रामपुर बस्ती वारीको मेलम्ची बजार सोही पहिरोको कारण ठूलो जोखिममा देखिन्छ ।
सडकमाथिको भूभाग नचलाउन पटक पटक स्थानीय सरकारसँग स्थानीयले अनुरोध गरेका थिए । तर, सडक चौंडा पार्ने क्रममा पछिल्लो केही समयदेखि सोही पहाड खोतलिएको छ । अनावश्यक ढंगले पहाडी सतह चलाइदिँदा पहिरो गएर मेलम्ची बजार थुनिन सक्ने खतरा बढेको बताइन्छ ।
यसतर्फ मेलम्ची नगरपालिकाको कुनै ध्यान नगएको स्थानीयको आरोप छ । नगर प्रमुख आइतमान तामाङ स्वयम्को घरजाने मार्गपनि सोही हो ।
टिप्पणीहरू