काठमाडौँ उत्रेलगत्तै भारतीय राजदूत पोखरा उडे
लुम्बिनीमा आयोजित अन्तर्राष्ट्रिय योगा दिवसको कार्यक्रममा भाग लिएर काठमाडौँ फर्किएका नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तव लगत्तै पोखरा गएका छन् ।
हिजो साँझ हवाईमार्ग हुँदै लुम्बिनी पुगेका उनी आज बिहान काठमाडौँ फर्किएका थिए । भैरहवाबाट बुद्ध एयरको उडानमा बिहान ११ बजे काठमाडौँ आइपुगेका राजदूत श्रीवास्तव सोझै पोखरा प्रस्थान गरेका हुन् ।
उनी बुद्ध एयरको उडानबाट सवा ११ बजे पोखरा प्रस्थान गरेको बताइएको छ ।
टिप्पणीहरू