नागरिकताविहीनलाई पहिले लाठी त्यसपछि प्रहरीको धरपकड

नागरिकताविहीनलाई पहिले लाठी त्यसपछि प्रहरीको धरपकड

नागरिकताविहीन संघर्ष समितिको अगुवाइमा नागरिकता माग्दै धर्नामा बसेका ३० जना सर्वोच्च अदालत अगाडिबाट पक्राउ परेका छन् ।

केही दिनदेखि माइतीघर मण्डलामा धर्ना दिइरहेका नागरिकताविहीनहरुलाई प्रहरीले आज दिउँसो नियन्त्रणमा लिएको छ  । त्यसक्रममा प्रहरीले आन्दोलनकारीमाथि व्यापक बल प्रयोग गरेको हो ।

प्रहरी दमनविरुद्ध प्रदर्शनकारीहरुले थापाथली जाने सडक अवरुद्ध पारेपछि सामान्य झडपसमेत भएको छ । ‘हाम्रो साथीलाई रिहा गर’, ‘प्रहरी दमन मूर्दावाद’ जस्ता नारा लगाइरहेका उनीहरुलाई प्रहरीले पुनः माइतीघर मण्डलाको विस्तारित सडकमा फर्काएको छ । 

राष्ट्रपतिबाट प्रमाणीकरण भई ऐनका रुपमा कार्यान्वयनमा गइसकेको नागरिकता विधेयक सर्वोच्च अदालतले तत्काल लागू नगर्न आदेश दिएपछि तराई–मधेस केन्द्रित आन्दोलन गरिरहेको संघर्ष समितिले केही दिनयता काठमाडौंमा विरोध प्रदर्शन गरिरहेको छ ।

टिप्पणीहरू