नेपाल र विश्व विजेता वेस्टइण्डिज भिड्दै

नेपाल र विश्व विजेता वेस्टइण्डिज भिड्दै

जिम्मबावेमा भइरहेको आईसीसी विश्वकप क्रिकेट छनोट अन्तर्गत आज तेस्रो खेल हुँदैछ । नेपाली समयअनुसार दिउँसो पौने १ बजे हुने खेलमा आज नेपालले वेस्टइन्डिजसँग प्रतिस्पर्धा गर्दैछ । 

वेस्टइण्डिज एक दिवसीय विश्वकपको पूर्वविजेता समेत हो । वेष्ट इन्डिजसँग आज नेपालले पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो ।

नेपाल २ अंकका साथ समूह ‘ए’ को तेस्रो स्थानमा छ । वेष्ट इन्डिज दोस्रो स्थानमा छ । यसअघिको पहिलो खेलमा नेपाल  जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो ।

समूह चरणको अन्तिम खेलअन्तर्गत नेपालले नेदरल्यान्डसँग पर्सि प्रतिस्पर्धा गर्दैछ ।
 

टिप्पणीहरू