गर्मी छल्न लेबनानीहरु समुन्द्रतिर

गर्मी छल्न लेबनानीहरु समुन्द्रतिर फोटो स्रोत : सिन्ह्वा ।

यो वर्षको गृष्म ऋतुमा पृथ्वीको उत्तरी गोलाद्र्धका अधिकांश मुलुकमा औसतभन्दा बढी तापक्रम देखिएको छ । नेपालको उत्तरी हिमाली क्षेत्रमा समेत विगतको तुलनामा बढी गर्मी महशुस भएको छ । 

चीनदेखि युरोप, मध्यपूर्वदेखि अमेरिकासम्म चर्को गर्मीले सबैलाई आलसतालस बनाएको छ । मध्यपूर्वका मुलुकका नागरिक पनि गर्मीबाट बच्न विभिन्न उपाय अपनाउन थालेका छन् । 

चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार प्यालेष्टिनी जनता केही दिनदेखि नजिकैको समुद्रमा डुबुल्की मार्न गएका छन् । उनीहरु गर्मीबाट बच्न भूमध्यसागरमा पौडिन थालेका हुन् ।

 

 

टिप्पणीहरू