विवेकशीलले हिलाम्मे खेतमा अन्तरक्रिया गर्ने

विवेकशीलले हिलाम्मे खेतमा अन्तरक्रिया गर्ने

विवेकशील साझा पार्टीले राष्ट्रिय धान दिवसको अवसरमा किसानसँग अन्तरक्रिया गर्ने भएको छ । भोलि रोपाईं कार्यक्रम आयोजना गरी अन्तरक्रिया गर्न लागिएको जानकारी दिइएको छ । 

सो पार्टीको कृषि विभाग तथा कीर्तिपुर नगर समितिको आयोजनामा किसानसँग अन्तरक्रिया तथा रोपाईं कार्यक्रम टौदह नजिकैको खेतमा गर्न लागिएको हो । अन्तरक्रिया बिहान ११ बजे बोलाइएको छ ।  

नेपालमा हरेक वर्ष असार १५ गते रोपाईं दिवस मनाउने गरिएकोमा पछिल्ला केही वर्षदेखि राष्ट्रिय धान दिवस भन्ने गरिएको छ । सरकार, राजनीतिक दलका भ्रातृ संगठन, विभिन्न संघ संस्थाहरुले औपचारिक कार्यक्रम गरेर धान दिवस मनाउने गरेका छन् । तर, पछिल्लो समय रोपाईं तथा धान दिवस औपचारिकतामा सीमित हुँदै गएको छ भने हिलो खेल्ने नाममा विकृतिसमेत मौलाएको छ ।

टिप्पणीहरू