पाकिस्तानी राजदूत अर्थ मन्त्रालयमा
नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच हासमीले अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेटवार्ता गर्नुभएको छ । राजदूत हासमी मन्त्री महतसँग शिष्टाचार भेट गर्न आज सिंहदरबारस्थित अर्थ मन्त्रालय पुग्नुभएको हो ।
उहाँहरुबीच बिहान ११ बजेको समयमा कुराकानी भएको बताइएको छ । भेटमा दुईपक्षीय हित, नेपाल र पाकिस्तानबीच कायम रहेको मैत्रीपूर्ण सम्बन्धलाई प्रगाढ बनाउने र आपसी सहयोग आदानप्रदानबारे छलफल भएको हो ।
टिप्पणीहरू