कोशी प्रदेश सरकारमाथि संवैधानिक प्रश्न उठाउँदै एमाले सर्वोच्चमा

कोशी प्रदेश सरकारमाथि संवैधानिक प्रश्न उठाउँदै एमाले सर्वोच्चमा

एमालेले कोशी प्रदेश सरकार असंवैधानिक रुपमा गठन भएको ठहर गरेको छ । उसले उक्त सरकार असंवैधानिक भएको जिकीर गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।

एमालेले संविधानको धारा १६८ (२) बाट निर्मित सरकार असंवैधानिक भएकाले उत्प्रेषणको आदेशद्वारा बदर गरी धारा १६८ (३) अनुसार नयाँ सरकारको बाटो खोल्न परमादेशको माग गरेको छ । 

कोशीमा हिजो गठन भएको नयाँ प्रदेश सरकारलाई एमाले अवैधानिक भनेको छ । यता, मुख्यमन्त्री मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ गराएका हुन् । 

लगत्तै मुख्यमन्त्री थापाले नेपाली काँग्रेसका प्रदीप सुनुवार र नेपाली एकीकृत समाजवादीका कमलप्रसाद जबेगुले मन्त्रीको पद तथा गोपनीयताको शपथ गराएका हुन् । सभामुखको समेत हस्ताक्षर जोडेर बहुमत देखाएपछि एमालेले सर्वोच्चमा रिट दायर गरेको हो ।

टिप्पणीहरू