नेपाल आउनुअघि अमेरिकी मन्त्रीहरुले दलाई लामासँग भेट गर्ने
अमेरिकी उप–विदेशमन्त्री उज्रा जेया र सहायक विदेशमन्त्री डोनाल्ड लू भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । भारतमा मानवअधिकार र लोकतन्त्रको अवस्थाका साथै प्राथमिकताबारे छलफल गर्न उनीहरु भारत भ्रमणमा गएको बताइएको छ ।
भारतीय विदेश मन्त्रालयका अधिकारी र नागरिक समाजका अगुवाहरुसँग गर्ने भेटमा ती मन्त्रीले मानवअधिकार र लोकतन्त्रबारे छलफल गर्नेछन् । साथै तिब्बतका निर्वासित धर्मगुरु दलाई लामासँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको बुझिएको छ ।
अमेरिकी विदेश मन्त्रालयले भ्रमणमा लोकतन्त्र, क्षेत्रीय स्थायित्व र मानवीय सहायता सहकार्यमा जोड दिने जनाएको छ । नयाँ दिल्लीपछि अमेरिकी अधिकारीहरु बंगलादेश जाँदैछन् । त्यसपछि काठमाडौं आउने कार्यक्रम छ ।
टिप्पणीहरू