रोल्पाको रुन्टिगढी गाउँपालिका ४ का वडाध्यक्ष बिते

रोल्पाको रुन्टिगढी गाउँपालिका ४ का वडाध्यक्ष बिते

रोल्पाको रुन्टिगढी गाउँपालिका ४ का वडाध्यक्ष टंकबहादुर पुनको निधन भएको छ । उनको आज राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा निधन भइको बताइएको छ ।

हिजो बिरामी भएका वडाध्यक्ष पुनको उपचारको क्रममा ज्यान गएको हो ।

गत स्थानीय तहको निर्वाचनमा उनी नेपाली काँग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

टिप्पणीहरू