बाग्मतीमा काँग्रेसका २० जना युवा तथा खेलकुद विभागमा मनोनीत
नेपाली काँग्रेस बाग्मतीले युवा तथा खेलकुद विभागमा २० सदस्य मनोनयन गरेको छ ।
प्रदेश कार्यसमिति सभापति ईन्द्रबहादुर बानियाँले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा १३ (१०) (झ) बमोजिम प्रदेश सदस्य राजिवराज पौड्याल नेतृत्वको विभागमा २० जनालाई सदस्य मनोनयन गरेका हुन् ।
काठमाडौंबाट सार्थक रिजाल र गोविन्द श्रेष्ठ, ललितपुरबाट गंगाराम महर्जन, सुरेन्द्र खड्का, विनोद महर्जन, चन्द्रबहादुर महर्जन र श्रीहरि श्रेष्ठ विभागमा परेका छन् । त्यस्तै, सिन्धुपाल्चोकका देवप्रसाद बानियाँ, चितवनका तुफानजंग माझी, मकवानपुरबाट सानु कान्छा थिङ, रामेछापबाट भरत खत्री, सिन्धुलीबाट अति प्रबल घिमिरे, दोलखाबाट विश्व लामा र सागर श्रेष्ठ सो विभागको सदस्य बनेका छन् ।
त्यस्तै, नुवाकोटबाट शैलेन्द्र तामाङ र दिनेश श्रेष्ठ, काभ्रेपलाञ्चोकबाट मिलन थापा र प्रकाशमान सिंहका साथै भक्तपुरबाट हरिॐ ढुंगेल र अनिल श्रेष्ठलाई खेलकुद विभागको सदस्यमा चयन गरिएको छ । युवा तथा खेलकुद विभागमा सुदूर हिमाली जिल्ला रसुवाबाट भने कसैको पनि प्रतिनिधित्व छैन ।
टिप्पणीहरू