विनोद चौधरीको कारखानामा भयंकर लापरबाही,१३ जना कामदार इन्तु न चिन्तु
विवादास्पद व्यापारी विनोद चौधरीका कारखानाहरुमा विद्यमान लापरबाहीको पछिल्लो उदाहरण सिजी सिमेन्टमा देखिएको छ । पाल्पाको सर्देवास्थित सिजी सिमेन्ट कम्पनीभित्र वारपार गर्न बनाइएको चेन चुँडिदा १३ जना कामदार घाइते भएका छन् ।
सिजी सिमेन्ट कम्पनीमा इँटा र सामान वारपार गराउन बनाइएको चेन चुँडिदा १३ जना कामदार गम्भीर घाइते भएका हुन् । ती सबै १३ फिट माथिबाट भुईंमा बजारिएका थिए । उनीहरु सामान बोकेर सोही चेनबाट वारपार गरिरहँदा चेन चुँडिएको थियो ।घटनामा स्थानीय पदम सोमै,चिन्ताबहादुर डङ्गोल र सुमन नेपाली घाइते भएका छन् । अरु घाइतेमा नवलपरासी सुनवलका लिलबहादुर गुरुङ,कपिलवस्तुका महेश बराम,कमल पासी, उमेश पासी,रुपन्देही देवदहका यमबहादुर बिक,सोहनलाल जैसी र अक्सर मिसर रहेको बुझिएको छ । उनीहरू सबैको उपचार तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा भइरहेको छ ।
यता चौधरी विदेशी मुद्राको हिसाब किताब मिलाउन र धर्म गर्न अमेरिका पुगेका छन् । विपन्न मजदुरहरुलाई धरापमा काम लगाएका डलर अर्बपति चौधरी आर्ट अफ लिभिङको कार्यक्रममा रवि शंकरलाई भेट्न न्यूयोर्क पुगेका हुन् । गत साताको वर्ल्ड कल्चरल फेस्टिभलमा भाग लिने भन्दै उनी एक पन्थ, दो काजको उद्देश्यले अमेरिका गएको बताइन्छ ।
टिप्पणीहरू