पुष्पलाललाई चम्पादेवीमा सम्झँदै माधव र झलनाथ
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको आज ४५ औं स्मृति दिवस मनाईंदैछ । पुष्पलाल स्मृति प्रतिष्ठानले कीर्तिपुरको चम्पादेवीमा बिहानै विशेष कार्यक्रमको आयोजना गरेको छ ।
बिहान ८ बजेदेखि नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पुष्पलाल स्मृति प्रतिष्ठानको अध्यक्षसमेत रहनुभएका माधवकुमार नेपालको अध्यक्षतामा स्मृति दिवस मनाउन थालिएको हो ।
कार्यक्रममा सम्मानित नेता झलनाथ खनाललगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको जानकारी दिइएको छ ।
टिप्पणीहरू