बालुवाटारबाट बाहिरिएपछि चिनियाँ पाहुनाहरु बसन्तपुरको रात्रिकालीन अवलोकनमा

बालुवाटारबाट बाहिरिएपछि चिनियाँ पाहुनाहरु बसन्तपुरको रात्रिकालीन अवलोकनमा

नेपाल भ्रमणमा रहेको चिनियाँ उच्चस्तरीय टोलीले आज बेलुकी काठमाडौं बसन्तपुरको अवलोकन गरेको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिअन्तर्गतको पोलिटिकल ब्यूरो सदस्य तथा चोङछिङ नगर कमिटीका प्रमुख एवम् सचिव युआन च्याच्युन नेतृत्वको २६ सदस्यीय टोली साँझ ८ बजे हनुमानढोका दरबारलगायतको अवलोकनमा त्यहाँ पुगेको हो ।

यसअघि टोली बालुवाटारस्थित चिनियाँ दूतावास पुगेर पौने ८ बजे बाहिरिएको थियो । 

दिउँसो भक्तपुर दरबारस्क्वायरको भ्रमण गरेको चिनियाँ पाहुना टोलीका प्रमुख युआनले दिउँसो सभामुख देवराज घिमिरेसँग शिष्टाचार भेट गर्नुभएको थियो । बिहान कलंकीस्थित एलआरआई स्कुलमा उहाँहरुले संयुक्त रुपमा भाषा ल्याबको उद्घाटन गर्नुभएको हो ।

टिप्पणीहरू