जनमत पार्टीको बैठकमा नागरिकता, मतदाता परिचयपत्र र फोटो अनिवार्य

जनमत पार्टीको बैठकमा नागरिकता, मतदाता परिचयपत्र र फोटो अनिवार्य

सिके राउत नेतृत्वको जनमत पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । 

बैठक साउन १८ गते बिहीबार काठमाडौँमा बस्ने जनाएको छ । प्रवक्ता डा. शरद सिंह यादवले सार्वजनिक सूचना निकालेर बुद्धनगरस्थित पार्टी कार्यालय नजिकै क्वालिटी बैङ्केटमा बैठक बस्ने जानकारी गराएका छन् ।  

बैठकमा सहभागी हुने केन्द्रीय सदस्यहरुले आ-आफ्नो नागरिकताको प्रतिलिपि, मतदाता परिचयपत्रको प्रतिलिपि र एकप्रति पासपोर्ट साइजको फोटो पेश गर्नुपर्ने शर्तसमेत राखिएको छ ।

टिप्पणीहरू