संसदमा फेरि एमालेको अवरोध, सोमबारसम्म बैठक स्थगित

संसदमा फेरि एमालेको अवरोध, सोमबारसम्म बैठक स्थगित

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि आज बसेको प्रतिनिधिसभा बैठक कार्यसूचीमा प्रवेशै नगरी स्थगित भएको छ । 

एमालेका सांसदहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको एक क्विन्टल सुन तस्करीमा गृहमन्त्री र अर्थमन्त्रीको संलग्नता रहेको दाबी गर्दै बैठक चल्न नदिएका हुन् । बैठकको प्रारम्भमै एमालेका सांसदहरुले सुन तस्करीको विषय उठाएका थिए । त्यसपछि आकस्मिक समयमा यसबारे सांसदहरुले आफ्ना धारणा राखेका थिए । ।

सो क्रममा एमालेले तस्करीमा संलग्नहरुको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठनको मागसहित नाराबाजी गरेको थियो । सभामुखले ’शून्य समयको कारबाही शुरु हुन्छ’ भन्ने बितिक्कै एमाले सांसदहरु बेल घेर्न पुगेका थिए । त्यसपछि सभामुखले साउन १५ गतेसम्मका लागि बैठक स्थगितको घोषणा गर्नुभयो ।

टिप्पणीहरू