संयुक्त जनआन्दोलन मोर्चा कमल थापामा मिसियो
राप्रपा नेपाल र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाबीच एकता गर्ने सहमति भएको छ । दुवै पार्टीका शीर्ष नेताहरुले साउन १६ गते घोषणासभा गर्ने सहमतिका साथ एकतासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
यही साउन १६ गते राष्ट्रिय सभागृहमा दुई पार्टीबीच एकताको घोषणा गर्ने सहमति भएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । राप्रपा नेपालका अध्यक्ष कमल थापा र मोर्चाका अध्यक्ष तारानाथ लुइँटेलसहित दुवै पक्षका वार्ता टोलीका नेताहरुको उपस्थितिमा एकतासम्बन्धी सहमति भएको उनले बताए ।
दुई पार्टीको एकतापछि बलियो शक्ति बन्ने र गणतन्त्र फाल्न जनआन्दोलन गर्ने उनीहरुको तयारी छ । थापाले ट्वीटमार्फत भनेका छन्, 'राप्रपा नेपाल र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाबीच एकता गर्ने समझदारी पत्रमा हस्ताक्षर, साउन १६ गते राष्ट्रिय सभागृहमा घोषणासभा हुने । संघीय गणतन्त्रको नाउँमा कायम भ्रष्ट व्यवस्था अन्त्यगरी हिन्दुअधिराज्य, सुशासन र समृद्ध नेपाल निर्माण गर्ने संकल्प, निकट भविष्यमा जनआन्दोलन गर्ने ।'
टिप्पणीहरू