मधेश प्रदेशलाई तत्काल सुख्खा क्षेत्र घोषणा गरी किसानलाई क्षतिपूर्ति दिन माग
मधेश प्रदेश एमाले संसदीय दलका प्रमुख सचेतक लखनदास तत्माले प्रदेशलाई तत्काल सुख्खा क्षेत्र घोषणा गरी पीडित किसानलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका छन् ।
मुख्यमन्त्री सरोजकुमार यादवलाई आज ज्ञापनपत्र बुझाउँदै उनले कृषकहरु लम्पीस्किन रोगले पीडित हुँदासमेत प्रदेश सरकारले समस्या समाधानका लागि पहल नगरेको आरोप लगाउँदै क्षेतिपूर्ति दिन माग गरेका हुन् । महामारीको रुपमा फैलिएको लम्पीस्किन रोग निदान तथा नियन्त्रणको लागि प्राविधिकहरु परिचालन गरी भ्याक्सिनको प्रवन्ध मिलाउन र वस्तुभाउ गुमाएका किसानलाई अविलम्ब क्षतिपूर्तिको व्यवस्था गर्न एमालेको माग छ ।
त्यस्तै, कृषि विद्युतीयकरणसंग आबद्ध भएका किसानहरुका लागि २४ सै घण्टा विद्युत आपूर्तिको व्यवस्था हुनुपर्ने, राहतस्वरुप यस वर्षको विद्युत महशुल प्रदेश सरकारले तिरिदिनु पर्ने र प्रदेशको आठ वटै जिल्लामा एक÷एक वटा कृषि तथा पशु अनुसन्धान प्रयोगशालाको व्यवस्था गर्नुपर्ने कुरा ज्ञापनपत्रमा उल्लेख छ ।
टिप्पणीहरू