कोशीका सभामुखलाई तुरुन्त राजीनामा दिन निर्देशन

कोशीका सभामुखलाई तुरुन्त राजीनामा दिन निर्देशन

कोशी प्रदेश सभाका सभामुख बाबुराम गौतमले आज राजीनामा दिने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले गौतमलाई राजीनामा गर्न लगाएर आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको प्रक्रिया थाल्ने सहमति भएको छ ।

माओवादी सांसदसमेत रहेका गौतमलाई सभामुखबाट राजीनामा गराएर आजै नयाँ सरकारको नेतृत्वमा दाबी पेश गर्ने तयारी छ । प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आज साँझसम्मको समय दिएका छन् । 

सत्ता गठबन्धनले यसअघिका मुख्यमन्त्री नेपाली काँगग्रेसका उद्धव थापाकै नेतृत्वमा सरकार गठनको तयारी गरेको हो । गत साता सर्वोच्च अदालतले उनको यसअघिको मुख्यमन्त्रीमा चयन प्रक्रिया असंवैधानिक भएको ठहर गरेपछि पदमुक्त भएका थिए । 

कोशीमा प्रदेश सभा ९३ सदस्यीय छ । सभामुखबाहेक काँग्रेस–माओवादी गठबन्धनमा ४६ प्रदेशसभा रहेकाले बहुमतको निम्ति उनलाई राजीनामा गराउन लागिएको हो । एमाले र राप्रपासँग पनि ४६ जना सांसद छन् ।
 

टिप्पणीहरू