गर्नुपर्ने एक महिनाअघि, समय घर्किन लाग्दासमेत संवैधानिक परिषद् अनिर्णित
संवैधानिक परिषद्को बैठक आज बोलाइएको छ । बैठक आज साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्दैछ छ ।
आजको बैठकले नयाँ प्रधानन्यायाधीशका लागि नाम सिफारिस गर्ने भनिएको छ । प्रधानन्यायाधीश हरिकृष्ण कार्की पर्सि राति १२ बजेदेखि अनिवार्य अवकाशमा जान लाग्नुभएको हो ।
अस्ति बसेको परिषद् बैठक सदस्यहरुबीच विमतीका कारण प्रधानन्यायाधीश सिफासिबारे अनिर्णित भएको थियो । विपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीशको नाम सिफारिससँगै अन्य संवैधानिक अंगमा रिक्त पदबारे पनि छलफल गर्नुपर्ने प्रस्ताव अघि सारेपछि बैठक आजलाई सारिएको थियो ।
संविधानको धारा २८४ को उपधारा ३ मा प्रधानन्यायाधीशको पद रिक्त हुनुभन्दा एक महिनाअघि नै संवैधानिक परिषद्ले नियुक्तिका लागि सिफारिस गर्नुपर्ने व्यवस्था छ । वरिष्ठताको आधारमा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ भावी प्रधानन्यायाधीशको निम्ति पहिलो नम्बरमा हुनुहुन्छ ।
टिप्पणीहरू