एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित

एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित
सुन्नुहोस्

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि राष्ट्रिय सभाको आजको बैठक पनि स्थगित भएको छ ।

एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय समितिको माग गरेपछि बैठक स्थगित भएको हो । एमाले सांसद भैरवसुन्दर श्रेष्ठले सुन तस्करीमा जोसुकैलाई कारबाही गर्ने सरकारको प्रतिबद्धता नआएसम्म र समिति गठन नगरेसम्म सदन चल्न नदिने अडान राखेपछि बैठक स्थगित भएको हो ।

त्यसपछि एमाले सांसदहरुले उठेर विरोध जनाएपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्को बैठक साउन आगामी सोमबार अपरान्ह १ बजेसम्मको लागि स्थगित भएको जानकारी दिनुभएको छ ।

टिप्पणीहरू