ऋषि धमला निस्केपछि काँग्रेस सभापति र माधव नेपालको बालुवाटार प्रवेश

ऋषि धमला निस्केपछि काँग्रेस सभापति र माधव नेपालको बालुवाटार प्रवेश
सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ताको लागि नेपाली काँग्रेसका सभापति र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बालुवाटार पुग्नुभएको छ । उहाँहरु बिहान पौने ९ बजे प्रधानमन्त्रीको सरकारी निवास पुग्नुभएको हो । 

शीर्ष तीन नेताबीचको भेटवार्तामा पूर्वमन्त्री तथा माओवादी नेता मातृकाप्रसाद यादव पनि सहभागी हुनुभएको बताइएको छ ।

त्यसअघि बालुवाटारमा प्रधानमन्त्री दाहाललाई भेट्न पत्रकार ऋषि धमला पुगेका थिए । करिब ८ बजे त्यहाँ पुगेका धमलाले प्रधानमन्त्रीसँग सवा ८ बजेदेखि झण्डै पौने ९ बजेसम्म कुराकानी गरेका हुन् ।

टिप्पणीहरू