संसदमा भागबण्डापछि एमालेसँग कुरो मिल्यो, रास्वपा र राप्रपा बाहिरै

संसदमा भागबण्डापछि एमालेसँग कुरो मिल्यो, रास्वपा र राप्रपा बाहिरै
सुन्नुहोस्

संसदमा प्रतिनिधित्व गर्ने ठूला दलहरुबीच संसदीय समितिको भागबन्डा टुंगो लगाएका छन् । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकमा सत्तारुढ गठबन्धन र एमालेबीच उक्त सहमति भएको जानकारी गराइएको हो ।

सहमतिअनुसार नेपाली काँग्रेसले चारवटा समितिको सभापति पाउने छ ।  जसमा अर्थ, संसदीय सुनुवाई, राज्यव्यवस्था र कृषि समिति उल्लेख छ । एमालेले लेखा, महिला र राज्यका निर्देशक सिद्धान्तसहित तीन वटा समिति सभापति पाउने भएको छ । माओवादी केन्द्रलाई कानुन, न्याय तथा मानव अधिकार र पूर्वाधार विकास समिति छुट्ट्याइएको छ । 

त्यसैगरी जसपा, एकीकृत समाजवादी र जनमत पार्टीको भागमा एक एक वटा समिति परेको छ । जसपाले अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, एकीकृत समाजवादीले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि र जनमत पार्टीलाई उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति दिइने भएको छ ।

तर रास्वपा र राप्रपालाई समिति सभापति दिइएको छैन ।

टिप्पणीहरू