सिंहदरबारमा मध्यान्हदेखि शुरु बैठक जारी
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले डाक्नुभएको बैठक जारी छ । उहाँको कार्यकक्ष सिंहदरबारमा बोलाइएको संसदमा प्रतिनिधित्व गर्ने प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक मध्यान्हदेखि बसेको हो ।
सदनको गतिरोध अन्त्य गर्ने र संसदीय समितिका सभापतिहरुको चयन सम्बन्धमा बैठक बोलाइएको बताइएको छ ।
बैठकमा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख विपक्षी दलका नेता एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सहभागी हुनुहुन्छ । त्यसैगरी तीन वटै दलका तर्फबाट प्रमुख सचेतक वा सचेतकहरुको पनि सहभागिता छ । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि बैठकमा हुनुहुन्छ ।
एमालेले एक क्विन्टल सुन प्रकरणबारे उच्चस्तरीय छानबिन समितिको माग गर्दै दुई सातादेखि संसद बैठक अवरुद्ध पार्दै आएको छ ।
टिप्पणीहरू