सुन्दरीहरुद्वारा आफूलाई नाङ्गो पारिएको आरोप
विश्वका अधिकांश मुलुक र समाजमा महिलामाथि विभिन्न प्रकारका विभेद,हिंसा र दुर्व्यवहार हुने गरेको छ । तुलनात्मक रुपमा अरुभन्दा शिक्षित र बौद्धिक मानिएका सुन्दरी महिलाहरु झन बढी प्रताडित भएका खबर बेला बखत आउने गरेको छ ।
अहिले इण्डोनेसियाका केही सुन्दरीले आयोजकहरुले नै आफ्नो शरीरमाथि गिद्धेनजर लगाएको आरोप लगाएका छन् । मीस युनिभर्स इन्डोनेसियाका धेरै प्रतिस्पर्धीले आयोजकहरुमाथि यौन दुर्व्यवहारको आरोप लगाउँदै प्रहरीमा उजुर दिएपछि उक्त काण्ड बाहिर आएको हो ।
सुन्दरी प्रतियोगीहरुलाई गत बिहीबारको फाइनलभन्दा दुई दिन अगाडि शरीर जाँच गर्ने क्रममा नाङ्गो बनाएर फोटो खिचिएको उजुरी छ । आयोजकहरुले ती महिलाको शरीरमा कुनै दाग वा ट्याटु भए वा नभएको हेर्न कपडा खोल्न लगाएका थिए ।
प्रतियोगिता आयोजक संस्थाका प्रमुख पोपी क्यापेलाले सुन्दरीहरुले लगाएका यी आरोपको छानबिन गर्ने बताएका छन् ।
टिप्पणीहरू