संसद बस्नुअघि कांग्रेसले बोलायो दलको बैठक

संसद बस्नुअघि कांग्रेसले बोलायो दलको बैठक

सत्तारूढ दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । भोलि दिउँसो १ बजे बस्नेगरी बैठक बोलाएको हो । 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दै निरन्तर संसद अवरोध गरिरहेको सन्दर्भमा कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो । बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बैठक बस्नेछ । 

एमालेको अवरोधका कारण हिजो स्थगित भएको प्रतिनिधिसभाको बैठक भोलि दिउँसो २ बजेका लागि तय भएको छ । त्यसअघि कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो ।

टिप्पणीहरू