नयाँ मन्त्री शपथ ग्रहणपछि पद बहालीको तयारीमा

नयाँ मन्त्री शपथ ग्रहणपछि पद बहालीको तयारीमा
सुन्नुहोस्

जनमत पार्टीकी समानुपातिक सांसद अनितादेवी साहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

उहाँलाई राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय, शीतल निवासमा पद र गोपनीयताको शपथ गराउनुभएको हो । भनेको मन्त्रालय नपाएपछि गत चैत १७ गते खानेपानी मन्त्री अब्दुल खानलाई राजीनामा गराएको जनमत पार्टी आजदेखि पुनः सरकारमा सहभागी भएको छ । जनमतले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय नपाएपछि खानेपानी मन्त्रालयको जिम्मेवारी छाडेको थियो । 

यसअघि सामान्य प्रशासनमन्त्री रहेका माओवादी केन्द्रका अमनलाल मोदीलाई हिजो पार्टीले फिर्ता बोलाउने निर्णय गरेको थियो ।

टिप्पणीहरू